काठमाडाैं । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा श्रावण ९ र १० गते दोस्रो संस्करणको ‘श्रावण मेला’ अन्तर्गत ‘बिगेस्ट मेहेन्दी भेला’ सुरु भएको छ।
क्लासिक्स प्रोजेक्ट्सको आयोजनामा ‘पवित्र महिनाको उत्सव’ भन्ने नारासहित सञ्चालन भइरहेको उक्त मेलामा सर्वसाधारणका लागि प्रवेश निःशुल्क गरिएको छ।
श्रावण महिनाको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वलाई एकै स्थानबाट अनुभूति गराउने उद्देश्यले आयोजना गरिएको मेलामा मेहेन्दी उत्सव, भजन कन्सर्ट तथा विभिन्न धार्मिक, सांस्कृतिक र व्यावसायिक स्टलहरू सहितको ‘श्रावण बजार’ मुख्य आकर्षणका रूपमा रहेको छ। श्रावण बजार बिहान ९ बजेदेखि सञ्चालन भइरहेको छ।
स्वास्थ्य र तन्दुरुस्तीलाई प्रोत्साहन गर्ने उद्देश्यले बिहान ६ बजेदेखि ‘श्रावण रन’ (दौड) समेत आयोजना गरिएको छ।
उक्त कार्यक्रममा माछापुच्छ्रे बैंक, बिग मार्ट लगायत विभिन्न प्रतिष्ठित संस्थाहरूले व्यावसायिक सहकार्य तथा प्रायोजन गरेका छन्।
आयोजकका अनुसार श्रावण महिनाको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वलाई एकै थलोमा उत्सवका रूपमा मनाउने उद्देश्यले मेलाको आयोजना गरिएको हो।
तस्बिरहरू : सूर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार













प्रतिक्रिया