काठमाडौं । नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले चीनमा सम्पन्न हाइनान कप अन्तर्राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा स्वर्णसहित दुई पदक जित्दै नेपालको गौरव बढाएकी छन्। चीनको हाइनान प्रदेशस्थित हाइकाउ सहरको तुनचाङ काउन्टी रङ्गशालामा भएको प्रतियोगितामा उनले पुम्से विधामा स्वर्ण र क्योरुगी विधामा रजत पदक हात पारिन्।पुम्सेतर्फ अन्तिम चरणमा थाइल्यान्ड र चीनका खेलाडीलाई पराजित गर्दै वैभवीले स्वर्ण जितेकी हुन्।

क्योरुगीतर्फ भने उनी फाइनलमा थाइल्यान्डसँग पराजित हुँदै रजतमा सीमित भइन्। प्रतियोगितामा दक्षिण कोरिया, फिलिपिन्स, इन्डोनेसिया, सिङ्गापुर, मलेसिया, बङ्गलादेश, भियतनाम, हङकङ, पाकिस्तानलगायत विभिन्न देशका खेलाडीहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com