काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको प्राथमिकता सरकारमा सहभागी हुने नभएको स्पष्ट गरेका छन्।

प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेसँगै केही प्रदेशमा सरकार गठनका लागि राप्रपाको समर्थन आवश्यक पर्न सक्ने चर्चा भइरहेका बेला लिङ्देनले एमाले वा नेकपासँग यस विषयमा कुनै औपचारिक छलफल नभएको बताए।

उनका अनुसार अहिलेसम्म सरकार गठनबारे कसैले पनि राप्रपासँग संवाद नगरेको र पार्टीको प्राथमिकतामा सरकारमा जाने विषय नरहेको छ।

लिङ्देनले भविष्यमा सरकारमा सहभागी हुने प्रस्ताव आए त्यसबारे पार्टीभित्र छलफल हुने भए पनि हाल सत्तामा जाने कुनै नीति वा तयारी नरहेको स्पष्ट पारे।

एमाले–नेकपाबीच बनेको नयाँ समीकरणपछि बागमती, लुम्बिनी र कोशी प्रदेशमा राप्रपाको समर्थनबाट सरकार गठन सम्भव हुने चर्चा भइरहेका बेला अध्यक्ष लिङ्देनको यो अभिव्यक्ति आएको हो।

प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com