झापा । भारतबाट मुखभित्र लागूऔषध लुकाएर नेपाल प्रवेश गर्न खोजेका एक युवक झापामा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अर्जुनधारा नगरपालिका–९ का २२ वर्षीय अरमान खानलाई शनिबार साँझ भारतबाट पैदल नेपाल प्रवेश गर्ने क्रममा शङ्काका आधारमा जाँच गर्दा मुखभित्र प्लास्टिकमा प्याक गरिएको खैरो हेरोइन फेला परेको हो।
प्रहरीले सुरक्षा जाँचका क्रममा उनले लागूऔषध मुखभित्र लुकाएर ल्याएको पत्ता लगाएको जनाएको छ। बरामद गरिएको लागूऔषधसहित खानलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार













प्रतिक्रिया