काठमाडौं । पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबल फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल)को अक्सन अहिले जारी छ ।

केडिया ग्रुपको आयोजनामा भदौ १२ गतेदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा लिग सुरू हुँदैछ ।

जारी अक्सनमा १ सय २९ खेलाडीको बोली लाग्नेछ । विभागीय टिम तथा प्रदेशबाट खेलिरहेका खेलाडीलाई ‘ए’ र ‘बी’ गरी दुई श्रेणीमा विभाजन गरेर अक्सन भइरहेको छ । क्याटेगोरी ‘ए’मा ५६ र ‘बी’मा ७३ खेलाडी समावेश छन् ।

यो लिगमा सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज र खप्तड फाल्कन्स सुदूरपश्चिम सहभागी हुनेछन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com