काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री मुकुल ढकालले नेपालको आगामी राजनीति प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली, वामपन्थी शक्तिबीचको एकता र सत्ता समीकरणको वरिपरि केन्द्रित हुने बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ढकालले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली लागू गर्न प्रदेश निर्वाचनसँगै जनमतसंग्रह गराउनुपर्ने र त्यसका लागि संघीय संसदमा प्रमुखसहित २२५ सांसदको समर्थन आवश्यक पर्ने दाबी गरेका छन्।

उनले यस्तो राजनीतिक समीकरण निर्माणका लागि नेकपा (माओवादी केन्द्र)लाई समेत साथमा लिनुपर्ने धारणा राखेका छन्।

ढकालले वामपन्थी शक्तिहरूबीच एकता भए आफ्नो योजनालाई अघि बढाउन कठिन हुने संकेत गर्दै आगामी दिनमा वाम एकता रोक्ने प्रयास तीव्र हुने बताएका छन्।

उनका अनुसार वाम एकता रोक्न नसकिए वर्तमान सत्ता सन् २०८६ सम्म पर्खिने अवस्थामा नरहन सक्छ। त्यसपछि वैकल्पिक रणनीतिका रूपमा ‘प्लान बी’ कार्यान्वयन हुन सक्ने उनको भनाइ छ।

यद्यपि, मुकुल ढकालले आफूले उल्लेख गरेको ‘प्लान बी’ के हो भन्नेबारे भने कुनै स्पष्ट विवरण सार्वजनिक गरेका छैनन्।

प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com