धनगढी । अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भएको छलफलपछि दुवै पक्ष थप परामर्शमा जुटेका छन्।

वार्तापछि डा. केसी पक्षले उनीसँग आईसीयूमै थप छलफल गरिरहेको छ। डा. केसीका सहयोगी डा. अमृत जैसीका अनुसार पहिलो चरणको वार्ता सकारात्मक रहे पनि निष्कर्षमा पुग्न थप छलफल आवश्यक रहेको छ।

हाल सरकारी वार्ता टोली र डा. केसीबीच विभिन्न विषयमा परामर्श जारी रहे पनि वार्तामा उठेका एजेन्डाबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com