काठमाडौं । काठमाडौंको कपन क्षेत्रमा डलर साटिदिने प्रलोभन देखाएर लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।प्रहरी वृत्त बौद्धको टोलीले शनिबार पक्राउ गरेका उनीहरूमा सिन्धुपाल्चोक बाह्रबिसे–३ का ३० वर्षीय धनबहादुर तामाङ, कपन बस्ने ४१ वर्षीय लोकबहादुर तामाङ, बुढानीलकण्ठका ३८ वर्षीय राजकुमार लामा र बौद्ध नयाँबस्तीका ३७ वर्षीय विजय तामाङ रहेका छन्।

प्रहरीका अनुसार आरोपीहरूले पीडितबाट लुटिएको ३ लाख ८४ हजार रुपैयाँ नगद बरामद गरिएको छ। साथै, पीडितलाई झुक्याउन प्रयोग गरिएको ५० अमेरिकी डलरको एक थान नोट पनि फेला परेको छ।

प्रहरीले आरोपीहरूमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले सक्कली डलर देखाएर कागजको बिटो थमाइ पीडितको नगद लुट्ने गरेका थिए।

प्रहरीका अनुसार पक्राउ परेका धनबहादुर तामाङविरुद्ध यसअघि पनि ठगीका ६ वटा मुद्दा दर्ता रहेका छन् भने लोकबहादुर तामाङ खोटा चलन, अभद्र व्यवहार, ठगी र बैंकिङ कसुरका मुद्दामा फरार रहेका व्यक्ति हुन्।

प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com