काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुंगा सुरुङमार्ग उद्घाटन स्थलमा प्रदर्शन गरिरहेका सिमधारा दहचोक–४ खानेपानी उपभोक्ता समितिको माग सम्बोधन गर्ने आश्वासन दिएका छन् ।

सोमबार सुरुङ मार्गको उद्घाटन गर्न पुगेका उनले प्रभावितलाई भेटेर माग सम्बोधन गर्ने आश्वासन दिएका हुन् ।

प्रभावितले खानेपानी आयोजना सञ्चालनको ग्यारेन्टी गर्नुपर्ने, चर्किएका घरको उचित सम्बोधन गर्न, सिस्नेखोला पानी लिफ्टिङ खानेपानीको ग्यारेन्टी गर्न, सुरुङ मार्गमा स्थानीयलाई सहज आवतजावतको व्यवस्था गर्न, रोजगारी र स्थानीयको सुरक्षाको ग्यारेन्टी गर्न माग गरेका छन् ।

मन्त्री लम्सालले स्थानीयलाई भेट्दै आफू माग सम्बोधन गर्न सकारात्मक रहेको बताए । उनले प्रभावितहरुलाई छलफलका लागि दिउँसो २ बजे मन्त्रालयमा उपस्थित हुन आग्रह गरेका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

 

प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com