काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य चार हजार ३०० रुपैयाँले घटेको छ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला दुई लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि १३५ रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला चार हजार ४४५ रुपैयाँ रहेको चाँदीको मूल्य आज प्रतितोला चार हजार ३१० रुपैयाँ कायम भएको छ।
प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया