काठमाडौं । सुनसरीमा भएको हिंसात्मक झडपको विरोधमा हिन्दुवादीले काठमाडौँको माइती घरमा प्रदर्शन गरेका छन् ।

घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै मंगलबार उनीहरुले नाराबाजी प्ले–कार्डसहित प्रदर्शन गरे ।

सहभागीले मुस्लिम समुदायविरुद्ध चर्को नाराबाजी गरे । उनीहरुले मुस्लिमहरुलाई आतंककारीको संज्ञा दिँदै नेपालबाट भगाउनुपर्नेसम्म बताए ।

प्रदर्शनकारीले ‘मुस्लिमलाई मीठो बोली, हिन्दुलाई तातो गोली’, ‘नेपालका हरेक मस्जिद र मदरासामा निगरानी गर्’, ‘हिन्दुहरुको पर्वमा आक्रमण किन ?’लगायत नारा लेखिएका प्ले–कार्ड बोकेका थिए ।

गत साउन १० मा सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायका युवाबीच झडप भएको थियो । सामान्य वादविवादबाट सुरु भएको विषयले हिंसात्मक रुप लिँदा एक जनाको ज्यान गएको थियो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com