काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपराह्न ३ बजे बस्नेछ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक नियमित हो। यद्यपि, पछिल्लो समय देशका विभिन्न स्थानमा देखिएका घटनाक्रमका विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ।
बैठकमा सुनसरीको देवानगञ्ज क्षेत्रमा जारी तनावपूर्ण अवस्था तथा वीरगन्जस्थित नारायणी अस्पतालबाट सुरु भएको चिकित्सकहरूको आन्दोलनका विषयमा आवश्यक निर्णय हुन सक्ने बुझिएको छ।
सुनसरीमा दुई समुदायबीचको झडपपछि उत्पन्न तनाव नियन्त्रण गर्न सरकारले विभिन्न कदम चालिरहेको छ। यस्तै, चिकित्सकहरूको आन्दोलनका कारण स्वास्थ्य सेवा प्रभावित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सरकारले आवश्यक पहल गर्नुपर्ने देखिएको छ।
मन्त्रिपरिषद् बैठकले समसामयिक राजनीतिक, प्रशासनिक तथा अन्य नियमित सरकारी कामकारबाहीका विषयमा समेत निर्णय गर्नेछ।
प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार













प्रतिक्रिया