काठमाडौं ।  सरकारले सुनसरी घटनाको छानबिनका लागि गठन गरिएको समितिमा प्रहरी निरीक्षक दिपेश अवस्थी र प्रहरी उपरीक्षक मोहनसिंह धामीलाई सदस्यका रूपमा थप गरेको छ। गृह मन्त्रालयले समितिलाई यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।

मन्त्रालयले देवानगञ्जसहित संवेदनशील क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै वार्तामार्फत समस्या समाधानको प्रयास जारी रहेको र अवस्था क्रमशः सामान्य बन्दै गएको जनाएको छ।

प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com