काठमाडौं । सुर्खेत प्रहरीले ‘पाथीभरा माता’ नामले चिनिने समीर थापालाई पक्राउ गरेको छ। महिला भेषमा झारफुक गर्ने भन्दै धर्मको नाममा मानिसहरूमाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई बुधबार साँझ नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार भिडियोमा उनले एक महिलामाथि कुटपिट गर्दै अपशब्द प्रयोग गरेको तथा अर्को महिलालाई खुट्टाको पैतला चटाउन बाध्य पारेको देखिन्छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com