काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य ८०० रूपैँयाले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार रूपैँया कायम भएको छ ।
हिजो छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रूपैँयामा काराेबार भएको थियो ।
यस्तै, चाँदीको मुल्य भने घटेको छ। चाँदी १० रूपैँयाले घटेर चार हजार ३१० रूपैँया कायम भएको छ । हिजो चाँदी चार हजार ३२० रूपैँया कायम भएकाे थियो ।
प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया