काठमाडौं । सुनसरीसहित मधेश प्रदेशका विभिन्न जिल्लामा विकसित तनावपूर्ण अवस्थाको स्थलगत अनुगमन गर्न गृहमन्त्री सुधन गुरुङ बिहीबार साँझ सुनसरीको कप्तानगञ्ज जाने भएका छन्।

गृहमन्त्री गुरुङ विराटनगर विमानस्थल हुँदै घटनाग्रस्त क्षेत्र पुग्ने कार्यक्रम रहेको छ। उनीसँगै स्वास्थ्यमन्त्री निशा मेहता पनि सुनसरी जाने तयारीमा रहेको स्रोतले जनाएको छ।

स्थलगत भ्रमणका क्रममा गृहमन्त्रीले प्रहरीको गोली लागेर ज्यान गुमाएका ओमप्रकाश मेहताको परिवारसँग भेट गरी समवेदना व्यक्त गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनले सुरक्षा अवस्था, राहत तथा पुनःस्थापनाका विषयमा स्थानीय प्रशासन र सुरक्षा निकायसँग छलफल गर्ने जनाइएको छ।

सुनसरीको भ्रमण सकेपछि गृहमन्त्री गुरुङ सिराहा जाने कार्यक्रम पनि तय भएको छ। पछिल्ला घटनापछि मधेशका विभिन्न जिल्लामा देखिएको सुरक्षा चुनौती, सामाजिक सद्भाव र शान्ति–सुव्यवस्थाको अवस्थाबारे स्थलगत जानकारी लिने तथा आवश्यक निर्देशन दिने उनको कार्यतालिका रहेको बताइएको छ।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com