काठमाडौं । सिरहामा बिहीबार भएको हिंसात्मक प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पाल घाइते भएका छन्।
प्रदर्शन नियन्त्रणका क्रममा प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लाग्दा डीएसपी पालको मुखमा चोट लागेको प्रहरीले जनाएको छ। उनका अनुसार हेलमेटमा ठोक्किएर आएको ढुंगाले ओठमा गम्भीर चोट पुर्याएको थियो। उपचारका क्रममा उनको ओठमा चार वटा टाँका लगाइएको छ।
उक्त प्रदर्शनका क्रममा गोली लागेर १९ वर्षीय गणेश यादवको मृत्यु भएको छ। घटनामा घाइते भएका सुभाष ठाकुरलाई थप उपचारका लागि धरानस्थित अस्पतालमा रिफर गरिएको छ।
सिरहामा विकसित हिंसात्मक घटनापछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया