काठमाडौं । पछिल्लो सात वर्षमा नेपालमा १,७५३ जना महिला, बालबालिका तथा पुरुष मानव बेचबिखन तथा ओसारपसारको सिकार भएका छन्। यस अवधिमा १,२६६ वटा मुद्दा दर्ता हुँदा बेचबिखनमा संलग्न १,६६६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०७६/०७७ यता २,७६७ जनाको उद्धार गरिएको छ, जसमध्ये १,७७७ जना महिलालाई भारतसहित विभिन्न देशबाट सकुशल फर्काइएको छ। मानव बेचबिखन ब्युरोले रोजगारी, घुमघाम र आकर्षक आम्दानीको प्रलोभनमा पारेर हुने बेचबिखनका घटनाप्रति सतर्क रहन सबैलाई आग्रह गरेको छ।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com