काठमाडौं । राप्रपा नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री र गृहमन्त्रीलाई हिंसाको सट्टा संवादमार्फत समस्याको समाधान खोज्न आग्रह गरेका छन्। उनले सुरक्षाकर्मीको गोलीबाट दीर्घकालीन समाधान ननिस्कने भन्दै शान्ति, सामाजिक सद्भाव, कानुनी शासन र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्न सरकारसँग अपिल गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले सबै पक्षलाई संयम अपनाउन, समाजमा द्वेष र उत्तेजना फैलाउने गतिविधिबाट टाढा रहन तथा अहिंसात्मक आन्दोलन र आपसी सम्मानको संस्कृतिलाई बलियो बनाउन पनि आग्रह गरेका छन्।
प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया