काठमाडौ । सिरहाको गोलबजार क्षेत्रको अवस्था बिस्तारै सामान्य बन्दै गएको छ। बिहीबार दिनभर तनावग्रस्त बनेको क्षेत्रमा साँझतिर शान्ति कायम हुन थालेको हो।
प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका औरही गाउँपालिका–२ निवासी १९ वर्षीय गणेश यादवको शव प्रहरीले सडकबाट उठाएको छ। आफन्तहरूले दिनभर शव सडकमै राखेर प्रदर्शन गरेका थिए। साँझ प्रहरीले शव भ्यानमार्फत पोस्टमार्टमका लागि लगेको हो।
जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार दुई समूहबीच भएको झडपपछि भएको प्रदर्शनका क्रममा गोली लागेर यादवको मृत्यु भएको थियो।
स्थिति नियन्त्रणमा लिन बिहीबार साँझदेखि गोलबजार क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया