काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन शाहबीच बिहीबार राति शीतल निवासमा भेटवार्ता भएको छ।
भेटमा राष्ट्रपति पौडेलले देशका विभिन्न स्थानमा विकसित पछिल्ला हिंसात्मक घटना तथा समग्र सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए। प्रधानमन्त्री शाहले शान्ति–सुरक्षा कायम गर्न सरकारले गरिरहेका प्रयासबारे राष्ट्रपतिलाई अवगत गराएका थिए।
राष्ट्रपति पौडेलले राजनीतिक दलसहित सबै सरोकारवालालाई साथमा लिएर संयमपूर्वक परिस्थिति नियन्त्रणमा ल्याउन र सामाजिक सद्भाव कायम राख्न सरकारलाई सुझाव दिएका छन्। उनले मुलुकमा शान्ति, स्थिरता र भाइचाराको वातावरण जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।
प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया