सिराहा । सुनसरीमा भएको घटनापछि तनावग्रस्त सिराहामा अज्ञात समूहले दुई वटा ठेलामा आगजनी गरेको छ ।

सिरहाको सुखीपुर नगरपालिका–७ बल्ही चोक क्षेत्रमा गाउँ–गाउँ र टोल–टोलमा स्टिलका भाँडाकुँडा तथा सोनपापडी बेच्दै हिँडेका दुई वटा ठेलामाथि शुक्रबार दिउँसो तोडफोड तथा आगजनी भएको हो ।

किन र कसले आगजनी गरेको भन्ने खुलेको छैन । सिराहामा बिहीबार प्रदर्शनको क्रममा गोली चल्दा एक बालकको मृत्यु भएपछि त्यसविरुद्ध प्रदर्शनका घटना भइरहेका छन् । प्रदर्शनमै सहभागीले आगजनी गरेर भागेको आशंका गरिएको छ ।

घटनास्थलमा नेपाली प्रहरी पुगेर अनुसन्धान थालेको छ ।

तस्बिर : सुरेश राय/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com