काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा १० साउनमा भएको झडपमा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव परिवारले शुक्रबार साँझ बुझेका छन्। गोली लागेर ओमप्रकाशको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते जयप्रकाशको उपचारका क्रममा बिहीबार निधन भएको थियो। दुवैको शव विराटनगरस्थित कोशी अस्पतालमा राखिएको थियो।

बिहीबार राति गृहमन्त्री सुदन गुरुङको उपस्थितिमा सरकार र मृतकका परिवारबीच सहमति भएपछि शव जिम्मा लगाइएको हो। परिवारले शव आफ्नै गाउँ कप्तानगञ्ज लगेर शुक्रबार नै अन्त्येष्टि गर्ने तयारी गरेको जनाएको छ।

प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com