काठमाडौं । नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनाको निष्पक्ष छानबिनका लागि तत्काल उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ। पार्टीले घटनामा अत्यधिक बल प्रयोग भएको भन्दै सत्यतथ्य सार्वजनिक गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

कांग्रेसले घाइतेको निःशुल्क उपचार, क्षतिपूर्ति र सामाजिक सद्भाव कायम गर्न सरकारसँग आग्रह गरेको छ। साथै, अफवाह नफैलाउन र हिंसात्मक गतिविधिबाट टाढा रहन आफ्ना नेता–कार्यकर्तालाई निर्देशन दिँदै उल्लंघन गर्नेहरूमाथि कारबाही गरिने चेतावनी दिएको छ।

प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com