काठमाडौं । उत्तरी कुवेतमा गत बिहीबार भएको आक्रमणमा ज्यान गुमाएका तेह्रथुमका सोमकुमार तामाङको पार्थिव शरीर आज कुवेत एयरवेजमार्फत नेपाल ल्याइँदै छ।
नेपाल सरकारले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गरेको तथा शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय प्रशासन र सम्बन्धित कम्पनीसँग समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने सम्पूर्ण प्रक्रिया पूरा गरेको हो।
प्रकाशित मिति: १६ श्रावण २०८३, शनिबार













प्रतिक्रिया