झापा । झापाको कन्काई नगरपालिका–२ स्थित एस फुल सेकुवा कर्नरबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा छापा मारेर भारतको बिहार राज्य, अररिया जिल्लाका २८ वर्षीय महमद एहवाल र २७ वर्षीय अझर अन्सारीलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीहरूको साथबाट १०२.३१० ग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ, ७,२०० वटा ट्रामाडोल क्याप्सुल र ७,४५० वटा निट्राजेपाम ट्याब्लेट बरामद गरिएको छ। साथै, दुई थान एन्ड्रोइड मोबाइल फोन पनि प्रहरीले बरामद गरेको जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १६ श्रावण २०८३, शनिबार













प्रतिक्रिया