काठमाडौं । सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका गणेश यादवको शव शनिबार साँझ हेलिकोप्टरमार्फत उनको गाउँ औरही गाउँपालिका–२, तुलसियाही पुर्‍याइएको छ।

पोस्टमार्टमपछि नेपाली सेनाको हेलिकोप्टरबाट शव गाउँ ल्याइएपछि परिवारले एम्बुलेन्समार्फत घर लगेका छन्। हिन्दु परम्पराअनुसार आवश्यक अन्तिम संस्कारका विधि पूरा गरेपछि गागन खोलाको किनारमा आजै दाहसंस्कार गरिने तयारी गरिएको परिवारले जनाएको छ।

गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गणेश यादवको मृत्यु भएको थियो। घटनापछि शुक्रबार राति गृहमन्त्री सुधन गुरुङ मृतकको निवास पुगेर परिवारसँग आठबुँदे सहमति गरेका थिए।

प्रकाशित मिति: १६ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com