जनकपुरधाम । गृहमन्त्री सुदन गुरुङले मुलुकमा शान्ति, सद्भाव र समृद्धिको कामनाका साथ जानकी मन्दिरमा पूजार्चना गरेका छन् । उनी दुईदिनदेखि धनुषामा छन् ।
गृहमन्त्री गुरुङलाई जानकी मन्दिरका महन्थ तथा पुजारीहरूले स्वागत गरेका थिए । उनीहरूले गृहमन्त्रीलाई फूलप्रसाद प्रदान गरेका थिए ।
- रासस
प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार













प्रतिक्रिया