नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नेपालतर्फ प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको आरोपपछि सीमा क्षेत्रमा तनाव उत्पन्न भएको छ।

स्थानीय स्रोतका अनुसार आइतबार दिउँसो करिब ३:३० बजे हतियारसहित आएको ५०–६० जनाको एसएसबी टोलीले सुस्ता गाउँपालिकास्थित निर्माणाधीन बाँध भत्काएको हो।

स्थानीयवासीको दाबीअनुसार भारतीय सुरक्षाकर्मी दुई देशको सीमाको संकेत मानिने सिमलको रुखबाट करिब ३०० मिटर नेपालतर्फ प्रवेश गरेका थिए। त्यसपछि उनीहरूले निर्माण भइरहेको अस्थायी बाँध भत्काएपछि स्थानीयले विरोध जनाएका थिए।

विरोधका क्रममा स्थानीय र भारतीय सुरक्षाकर्मीबीच झडप भएको बताइएको छ। घटनामा तीन जना नेपाली घाइते भएका छन्। घाइतेहरूको अवस्था र पहिचानबारे विस्तृत विवरण सार्वजनिक भएको छैन।

घटनापछि सीमा क्षेत्रमा तनाव बढेपछि सशस्त्र प्रहरी बल (एपीएफ) को टोली घटनास्थलमा परिचालन गरिएको छ। घटनाबारे थप जानकारी संकलन तथा परिस्थितिलाई नियन्त्रणमा लिन सुरक्षा निकायले निगरानी बढाएको जनाएको छ।

घटनाको कारण, क्षतिको विवरण तथा दुई पक्षबीच भएको घटनाक्रमबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com