काठमाडौं । बागमती प्रदेशका उपत्यकाबाहेक १० जिल्लाका ९१ स्थान सवारी दुर्घटनाका दृष्टिले उच्च जोखिमयुक्त रहेको तथ्य सार्वजनिक भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर चितवनले सार्वजनिक गरेको तीन वर्षको तथ्याङ्कअनुसार चितवन, धादिङ र मकवानपुर दुर्घटनाका हिसाबले सबैभन्दा संवेदनशील जिल्लामा परेका छन्।

तथ्याङ्कअनुसार तीन आर्थिक वर्षमा प्रदेशभर ५ हजार ८७२ सवारी दुर्घटना हुँदा ९५९ जनाको मृत्यु भएको छ भने ११ हजार ६९९ जना घाइते भएका छन्। दुर्घटना न्यूनीकरणका लागि स्पीड गन, एएनपीआर क्यामेरा, डिजिटल ई–चलान र अन्य प्रविधिको प्रयोगसँगै २६ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com