काठमाडौं । तराईका विभिन्न जिल्लामा देखिएको तनाव क्रमशः मत्थर बन्दै गएपछि गृहमन्त्री सुधन गुरुङ चार दिनपछि काठमाडौं फर्किएका छन्। साउन १४ गते सुनसरी पुगेका उनले त्यहाँ मृतकका परिवारसँग सहमति गरेका थिए। त्यसपछि सिराहा र धनुषाको भ्रमण गर्दै आन्दोलनरत पक्षसँग निरन्तर संवाद र वार्ता गरेका थिए।

धनुषामा हिन्दु सम्राट सेनासँग भएको वार्तामा लिखित सहमति नभए पनि मौखिक समझदारी बनेको बताइएको छ। त्यसपछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको जनाइएको छ। गृहमन्त्री गुरुङले काठमाडौं फर्किएपछि प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणका क्रममा भएका छलफल, सहमति र आगामी कार्यान्वयनबारे विस्तृत जानकारी गराउने तयारी गरेका छन्।

प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com