काठमाडौं । काठमाडौंमा पछिल्लो समय भएका सिक्री लुटपाट र मोटरसाइकल चोरीका घटनामा संलग्न रहेको आरोपमा कर्मा तामाङ नेतृत्वको समूहलाई प्रहरीले पक्राउ गरेको छ। अनुसन्धानका अनुसार समूहले बिहान सबेरै वा राति अबेर सडकमा हिँडिरहेका महिला तथा वृद्धवृद्धालाई बाटो सोध्ने बहाना बनाएर लुटपाट गर्ने गरेको थियो। घटनामा नम्बर प्लेट फेरेका मोटरसाइकल प्रयोग गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार समूहका मुख्य आरोपी कर्मा तामाङलाई शनिबार राति बूढानीलकण्ठबाट नियन्त्रणमा लिइएको हो। पक्राउका क्रममा उनले खुकुरी प्रहार गर्न खोजेपछि प्रहरीले घुँडामुनि गोली चलाएको थियो। समूहका अन्य सदस्यहरू यसअघि नै पक्राउ परिसकेका छन्। अनुसन्धानमा उनीहरूले मोटरसाइकल चोरी गरी लुटपाटपछि उपत्यकाबाहिर लगेर बिक्री गर्ने, साथै चोरीका सुनका गरगहना गलाएर बिक्री गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका अधिकांश सदस्य यसअघि पनि चोरी, डाँका र अन्य आपराधिक घटनामा संलग्न रहेको प्रहरीको दाबी छ।
प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार













प्रतिक्रिया