काठमाडौं । सव–डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख रामकेवल राय यादवविरुद्ध १२ हजार रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले घुस रकमसहित यादवलाई नियन्त्रणमा लिएको थियो।
आयोगका अनुसार काष्ठ उद्योगमा ल्याइएका काठ बोकेका ट्रकहरूको शिल खोलेको मुचुल्का तयार गरिदिने नाममा उनले सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस मागेका थिए। सोही क्रममा रकम बुझ्दै गर्दा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियो।
अख्तियारले घटनासम्बन्धी अनुसन्धान पूरा गरेपछि यादवविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार













प्रतिक्रिया