काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्रकारको प्रश्नमा आक्रोशित बनेका छन्। एक कार्यक्रमस्थलमा प्रवेश गर्ने क्रममा पत्रकारले राजनीतिक सहकार्य र स्थिरताबारे लगातार प्रश्न गरेपछि प्रचण्डले फर्केर एक शब्दमा जवाफ दिए, “मरेपछि।
यसअघि उनले आफू विभिन्न दलसँग सहकार्य गरिरहेको बताएका थिए। तर “तपाईंको स्थिरता कहिले हुन्छ?” भन्ने प्रश्न दोहोरिएपछि उनी उत्तेजित बनेर उक्त प्रतिक्रिया दिएका हुन्।
प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार













प्रतिक्रिया