काठमाडौं  । सशस्त्र प्रहरी बलले काठमाडौँ महानगरपालिका–१ नागपोखरीबाट लागुऔषसहित ४ जनालाई नियन्त्रणमा लिएको छ । एपीएफ इन्टेलिजेन्स ब्यूरोबाट खटिएको टोलीले आज २९६ दशमलव ७५ ग्राम खैरो हेरोइन, २२० चक्की ट्रामाडोल र १३० नाइट्रोभेट क्याप्सुलसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

नागपोखरीका ४३ वर्षीय प्रभात तिवारी, बल्खुका भूपेन्द्र श्रेष्ठ, सर्लाहीको मलङ्गवाका सुजन रायमाझी र ललितपुरको बागडोलका ५१ वर्षीय सविन श्रेष्ठलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com