काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र प्रधानसेनापति अशोकराज सिग्देलबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ।
बुधबार बिहान करिब १०:५० बजे सुरु भएको भेटवार्ता जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक अधिकारीले जानकारी दिएका छन्।
सैनिक स्रोतका अनुसार प्रधानमन्त्री र प्रधानसेनापतिबीचको यो भेट नियमित समन्वय र समसामयिक विषयमा केन्द्रित छलफलका लागि भएको हो।
यसअघि सुनसरी र मधेश प्रदेशका केही क्षेत्रमा दुई समुदायबीच उत्पन्न तनावको पृष्ठभूमिमा प्रधानमन्त्री शाहले साउन १४ गते राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका थिए। उक्त बैठकमा तराई–मधेशको सुरक्षा अवस्था, सामाजिक सद्भाव कायम राख्ने उपाय तथा सम्भावित सुरक्षा चुनौती व्यवस्थापनका विषयमा छलफल भएको थियो।
प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया