सल्यान । सल्यानमा १४ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दार्मा गाउँपालिका–४ लामाडाँडा बुगेनी निवासी ५५ वर्षीय रूद्रबहादुर चन्द रहेका छन्। जिल्ला प्रहरीका अनुसार पीडित किशोरीमाथि बलात्कार भएको भन्दै दर्ता भएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरी टोलीले सोमबार उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ। आरोप पुष्टि भए वा नभएको विषय अनुसन्धानबाट टुंगो लाग्ने भएकाले कानुनी प्रक्रिया जारी रहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया