सिरहा । सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका गणेश यादवको घटनाको छानबिन गर्न गठित छानबिन समितिले काम थालेको छ ।

गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा आएको टोलीले घटनास्थलको अवलोकन, आवश्यक तथ्य तथा प्रमाण संकलन र सरोकारवालासँग छलफल गर्दै छानबिन प्रक्रिया अघि बढाएको हो ।

छानबिन टोलीले सोमबार गोलबजारमा भएका घटनास्थलहरूको निरीक्षण गरेको थियो । मंगलबार गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठको अध्यक्षतामा सर्वदलीय बैठक आयोजना गरी विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघ गोलबजारका अध्यक्ष विजय साहको अध्यक्षतामा व्यवसायीहरूसँग र त्यसबाहेक मुस्लिम समुदायका प्रतिनिधिसँग पनि छलफल तथा भेटघाट गरेको छ ।

घटना कसरी सिरहाको गोलबजारसम्म फैलियो, आन्दोलनका क्रममा गोली चल्नुपर्ने अवस्था किन आयो र गणेशको मृत्यु कसरी भयो भन्ने विषयलाई प्राथमिकतामा राखेर छानबिन भइरहेको समिति प्रमुख शाहीले बताए ।

तस्बिर : सुरेश राय/नेपाल फोटो लाइब्रेरी

 

 

प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com