काठमाडाैं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा काठमाडौँमा मृत्यु भएका रवीन्द्र मेहेताको परिवार र आफन्तलाई भेट्न गृहमन्त्री सुदन गुरुङ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।
उनी केहीबेरअघि अस्पताल पुगेका हुन् ।
२२ वर्षीय मेहेताको उपचारको क्रममा मंगलबार बिहान निधन भएको थियो ।
यसअघि मृत्यु भएका तीन जनाको परिवारसँग सरकारले सहिद घोषणा, आर्थिक सहायता, परिवारका सदस्यलाई रोजगारीको व्यवस्थालगायत बुँदामा सम्झौता गरेको छ । रवीन्द्रका परिवार र आफन्तले पनि सरकारसँग उस्तै सम्झौता भएपछि मात्र शव अन्त्येष्टि गर्ने अडान राखेका छन् ।
यही विषयमा छलफल र सम्झौता गर्न गृहमन्त्री गुरुङ अस्पताल पुगेका हुन् ।
रवीन्द्रको मृत्युपछि अस्पतालमा उनका आफन्तले आज गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।
तस्बिर: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया