काठमाडौं । काठमाडौंको दक्षिणकाली र बाँकेको नेपालगञ्जमा प्रहरीले सञ्चालन गरेको छुट्टाछुट्टै कारबाहीमा प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। फर्पिङस्थित इलाका प्रहरी कार्यालयको टोलीले दक्षिणकाली–५ बाट २ हजार ६९० ट्याब्लेट ट्रामाडोल र २३६ ट्याब्लेट नाइट्राजेपामसहित बाराको निजगढ घर भई हाल चन्द्रागिरिमा बस्दै आएका ३१ वर्षीय सुमन भण्डारीलाई पक्राउ गरेको हो।

यस्तै, लागूपदार्थ नियन्त्रण ब्युरोको नेपालगञ्ज शाखाले नेपालगञ्ज उपमहानगरपालिका–४ बाट १५३ ग्राम ९५० मिलिग्राम खैरो हेरोइनसहित ३० वर्षीय सुशील भण्डारी र ५५ वर्षीय अरूणकुमार जयसवाललाई नियन्त्रणमा लिएको छ।

अनुसन्धानका क्रममा जयसवालको घरमा गरिएको खानतलासीबाट थप ४२५ ग्राम खैरो हेरोइन, १ लाख ८० हजार रुपैयाँ नेपाली नगद, २ लाख १४ हजार भारतीय रुपैयाँ तथा एक थान डिजिटल तराजु समेत बरामद भएको प्रहरीले जनाएको छ।
दुवै घटनामा पक्राउ परेका व्यक्तिमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com