काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले रिहा भएलगत्तै गृहमन्त्री सुधन गुरुङमाथि गम्भीर आरोप लगाएका छन्।

सोमबार जिल्ला अदालत भक्तपुरले म्याद थप्न अस्वीकार गरेपछि रिहा भएका प्रसाईंले सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङ आफूले ‘ब्राग’ भनेर उल्लेख गरेको संस्थासँग आबद्ध रहेको दाबी गरे।

उनले उक्त संस्था रोहिंग्या शरणार्थीलाई सहयोग गर्ने र नेपाल तथा भारतमा भित्र्याउने काममा संलग्न रहेको आरोप लगाउँदै आफ्नो दाबी गलत भए प्रमाणसहित खण्डन गर्न गृहमन्त्रीलाई चुनौती दिए।

प्रसाईंले सार्वजनिक सम्पत्तिको संरक्षण र राज्य सञ्चालनप्रति पनि असन्तुष्टि व्यक्त गर्दै सरकारको आलोचना गरेका थिए।

प्रहरीले आइतबार राति भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको थियो। तर, जिल्ला अदालत भक्तपुरले म्याद थप्न अनुमति नदिएपछि उनी सोमबार रिहा भएका हुन्।

प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com