काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामै चार हजार २०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँ पुगेको छ । मंगलबार प्रतितोला दुई लाख ८३ हजार ८०० मा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा ९५ रुपैयाँ बढेको छ । यससँगै चाँदी प्रतितोला चार हजार ४७५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला चार हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: २० श्रावण २०८३, बुधबार












प्रतिक्रिया