काठमाडौं । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित कर छुट प्रकरणमा पूर्वसचिव महेश्वर न्यौपानेलाई ४ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले तत्कालीन पर्यटन सचिव रहेका न्यौपानेसँग ४ लाख ५० हजार रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्का सम्झौताविपरीत ठेकेदारलाई राजस्व छुट दिएको आरोपमा न्यौपानेसहित सम्बन्धित व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ।
प्रकाशित मिति: २० श्रावण २०८३, बुधबार












प्रतिक्रिया