काठमाडौं । व्यवसायी दुर्गा प्रसाईं र नेता डा. धवल शमशेर राणाको नेतृत्वमा नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गर्ने तयारी गरिएको छ।
नेता सगुन लावतीका अनुसार आगामी साउन २८ गते निर्वाचन आयोगमा पुगेर दल दर्ताको औपचारिक प्रक्रिया पूरा गरिनेछ। प्रस्तावित संरचनाअनुसार डा. धवल शमशेर राणाले पार्टी अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् भने दुर्गा प्रसाईंलाई सर्वोच्च नेता बनाइने सहमति भएको जनाइएको छ।
पार्टीले राष्ट्रवादी विचारधारालाई मुख्य एजेन्डा बनाउँदै समसामयिक राष्ट्रिय राजनीतिमा सक्रिय र प्रभावकारी भूमिका खेल्ने दाबी गरेको छ। लामो समयदेखि छुट्टाछुट्टै राजनीतिक अभियानमा सक्रिय रहेका प्रसाईं र राणाको सहकार्यलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। राष्ट्रवादी शक्तिहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यसहित नयाँ दल गठन गर्न लागिएको बताइएको छ।
प्रकाशित मिति: २० श्रावण २०८३, बुधबार












प्रतिक्रिया