काठमाडौं । भारतको पूर्वी राज्य झारखण्डमा भारी वर्षा र आँधीसँगै परेको चट्याङका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। सबैभन्दा बढी क्षति गिरिडीह जिल्लामा भएको छ भने दुम्का र लातेहार जिल्लामा पनि मानवीय क्षति भएको छ।
भारतको मौसम विज्ञान विभागले बुधबारदेखि शनिबारसम्म झारखण्डसहित विभिन्न क्षेत्रमा व्यापक वर्षा र चट्याङको जोखिम रहने पूर्वानुमान गरेको छ। त्यसैले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ।
भारतमा मनसुनको समयमा चट्याङका घटनाबाट हरेक वर्ष सयौँ मानिसले ज्यान गुमाउने गरेका छन्।
प्रकाशित मिति: २० श्रावण २०८३, बुधबार












प्रतिक्रिया