काठमाडौं।  बैङ्किङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ सिम्पालकाभ्रे निवासी ४० वर्षीय रामबहादुर थापालाई सिमराबाट काठमाडौं आउने क्रममा विमानस्थलको आन्तरिक आगमन कक्षबाट पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

थापा बैङ्किङ कसुरसम्बन्धी मुद्दामा इलाका प्रहरी कार्यालय नवलपुरबाट फरार रहेका थिए। उनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय नवलपुर पठाउने तयारी भइरहेको प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिएका छन्।

प्रकाशित मिति: २० श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com