काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कन्सुलर प्रमाणीकरण सेवालाई थप सहज, पारदर्शी, व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले विकसित नेपाल ई–प्रमाणीकरण प्रणाली (Nepal e-Attestation System–NEATS) को शुभारम्भ गरेका छन्।

बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा मन्त्री खनालले प्रणालीको औपचारिक शुभारम्भ गरेका हुन्।

परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले नेपालका सरकारी निकायबाट जारी वा प्रमाणित गरिएका शैक्षिक प्रमाणपत्र, सिफारिस पत्र, आधारभूत कागजात तथा अन्य आवश्यक कागजातहरूको कन्सुलर प्रमाणीकरणका लागि अनलाइन आवेदन दिन सकिने गरी उक्त प्रणाली विकास गरेको जनाएको छ।

मन्त्रालयका अनुसार नयाँ प्रणाली सञ्चालनमा आएपछि सेवाग्राहीले कन्सुलर प्रमाणीकरणका लागि अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। यसले सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउनुका साथै सेवाग्राहीको समय तथा लागतसमेत बचत हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com