काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने भएका छन्।
उनी सोही दिन राति ९:४५ बजे निर्धारित उडानमार्फत काठमाडौं आइपुग्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।
स्वास्थ्य परीक्षण तथा उपचारका लागि गत चैत ७ गते सिंगापुर गएका देउवा उपचार सम्पन्न भएपछि हङकङ पुगेका थिए। केही समय त्यहाँ बसेपछि उनी नेपाल फर्किन लागेका हुन्।
यता, पूर्वमन्त्री एवं देउवाकी पत्नी आरजु राणा देउवासहित भने तत्काल नेपाल नफर्किने बताइएको छ। उनी केही समय अझै विदेशमै रहने कार्यक्रम रहेको स्रोतको भनाइ छ।
प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया