काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) ले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) तहका अधिकृतहरूको सरुवा गरेको छ। प्रधान कार्यालयले बिहीबार जारी गरेको निर्णयअनुसार सरुवा आगामी भदौ १ गतेदेखि लागू हुनेछ।

सशस्त्र प्रहरी महानिरीक्षकको साउन २१ गतेको निर्णयअनुसार सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३४ तथा नियम ३५ को उपनियम (१) को खण्ड (ग) बमोजिम साधारण समूहअन्तर्गतका एसपीहरूको विभिन्न इकाइ तथा कार्यालयमा काज तथा सरुवा गरिएको हो।

सरुवा भएका अधिकृतहरूले तोकिएको नयाँ कार्यस्थलबाट नियमानुसार तलब, भत्ता तथा रासन सुविधा पाउने सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सरुवासम्बन्धी विवरण अभिलेख अद्यावधिक गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको राष्ट्रिय किताबखाना (प्रहरी शाखा), लैनचौरलाई औपचारिक जानकारी पठाइएको छ। साथै सम्बन्धित कार्यालयहरूलाई पनि आवश्यक अभिलेख सच्याउन निर्देशन दिइएको प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com