काठमाडौं। नागार्जुन नगरपालिका–८ स्थित हार्डवेयर पसलका सञ्चालकमाथि धारिलो हतियार प्रहार गरी फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–९ घर भई हाल काठमाडौंको कपन बस्दै आएका २३ वर्षीय बुद्ध रुम्बा रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार साउन १९ गते राति करिब १०:१५ बजे ‘सिभान्स सप्लायर्स’ हार्डवेयरका सञ्चालकमाथि चक्कु प्रहार भएको थियो। घटनापछि फरार भएका रुम्बालाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले साउन २० गते कोटेश्वरबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाका अनुसार रुम्बामाथि ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार












प्रतिक्रिया